काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए।

 

‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’

 

मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।

 

मेरो सरकार भन्ने अभ्यास अरु देशहरुमा पनि हुने उनले बताए। भारतमै यस्तो प्रचलन रहेको भन्ने थाहा नपाउँदा अचम्म लागेको उनको भनाइ छ। ‘माइ गभर्मेन्ट भन्ने चलन छ,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version