बुटवल: प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ। प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो।

 

तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन।

 

समितिले राजधानी रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ।

 

उपसमितिको शनिबार सम्पन्न बैठकले १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकमा प्रस्तुत भई मुल समितिले अन्तिम रुप दिनेछ।

 

मुलसमितिले आवश्यक छलफल र निर्णय दिनका लागि थप प्रकृया पुरा गरी प्रदेश सभामा पठाउने कार्यबिधि तय गरिएको छ। हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो।

 

प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्नुपर्ने कानुनी ब्यवस्था छ।

 

प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेका ६ वटा भिन्न भिन्न उपसमिति गठन भएका थिए। ती समितिले प्रदेश ५ का सबै जिल्लामा पुगेर राजधानीको नाम र केन्द्रका बिषयमा नागरीकहरुको राय संकलन गरेका थियो।

 

सुझावहरुलाई अन्तिम रुप दिन पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो।

 

शनिबारको बैठकमा उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई हस्तान्तरण गरेका थिए। आईतवार हुने छलफलपछि उक्त प्रतिवेदन सभामुखलाई बुझाईने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version