काठमाडौं: वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो ।

 

निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ । ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ ।’

 

उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ । काठमाडौं-ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए । यो समाचार सुरज कुँवरले कान्तिपुरमा लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version