काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा अन्तर्गत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ ।

 

 

बैंक, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजनाबीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।

 

 

खानेपानी मन्त्री बिना मगरको उपस्थितीमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका छन् ।

 

यस परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस् सहयोगी पार्टनर संस्थाको रुपमा रहेका छन् ।

 

 

सम्झौता पछि टाटा परियोजनाले उपलब्ध गराएको१५ लाख सम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरको महिला उद्यमशिलता कर्जा अन्तर्गत १.६ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा लगानी गर्ने छ । हाल पाइलट परियोजनाको रुपमा काभ्रे जिल्लाको नाला र पनौती क्षेत्रमा परियोजना लागु गरिने छ ।

 

खानेपानी मन्त्री बिना मगरले नेपाली महिलाले खानेपानी ब्यवस्थाको लागि जीवनमा धेरै समय ब्यतित गरिरहेको सन्दर्भमा यस्तो सम्झौताले महिलाहरुमा सजिलै खानेपानीको ब्यवथा गर्न सघाउ पुगी महिला उद्यमशिलताको विकास भई महिला सशक्तिकरणमा सघाउ पुग्ने बताइन् ।

 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने गरी महिला उद्यमशिलताको क्षेत्रमा कार्य गर्न पाउदा खुशी लागेको बताए ।

 

दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाद्धारा स्वच्छ र शुद्ध खानेपानी उत्पादन गर्ने कार्यमा समन्वयनकारी भुमिका प्रतिबद्धरुपमा निर्वाह गरिने बताइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version