काठमाडौँ: काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ को हाराहारीमा रहेको जानकारी छ।
सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ ।
‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा गर्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक– फरक जिम्मेवारी दिएर खटाएका छौँ तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन,’ महानगरले भन्यो ।
Facebook Comments Box
