काठमाडौं: पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ ।

 

मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

 

मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलादेवीको हत्या योजना बनाएको प्रहरीको दाबी छ ।

 

जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पु¥याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो ।

 

यो समाचार हदिश खुद्दारले नयाँ पत्रिकामा लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version