काठमाडौं: नयाँ आव सुरु हुन एक दिन मात्रै बाँकी रहंदा पुंजी बजारमा यस आवमा १२ वटा नयाँ कम्पनीका साधारण सेयर (आइपीओ) एकको एफपीओ र आठवटा कम्पनीका हकप्रद सेयर जारीका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिको पर्खाइमा रहेका छन् ।

बोर्डका अनुसार पुँजी वृद्धि गर्नुपर्ने बाध्यतामा रहेका बैंक तथा वित्तीय संस्था र वीमा कम्पनीहरुले अधिक मात्रामा हकप्रद जारी गरिसकेका छन् भने सर्वसाधारणमा आइपीओ बिक्री गरेर नयाँ कम्पनीहरु थपिने क्रम पनि जारी छ।

धितोपत्र बोर्डको अनुमति लिएर अझै कुल ३ अर्ब ३३ करोड २१ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको आइपीओ र ३ अर्ब ५६ करोड ५९ लाख २ हजार ४८१ रुपैयाँ बजारमा आउँदैछन् ।

यसैगरी, सिटिजन्स बैंकको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ पनि बजारमा नयाँ आवमा आउनेछन् । बोर्डका अनुसार आइपीओ जारी गर्नका लागि जलविद्युत कम्पनीदेखि मर्चेन्ट बैंकलेसमेतले अनुमति माग गरेका छन् ।

आइपीओ अनुमतिको पर्खाइमा रहेका केही कम्पनीहरु
कम्पनी                                                                   कित्ता

१) युनिभर्सल पावर कम्पनी ———————–९,६६१,६१०
२) चौतारी लघुवित्त वित्तिय संस्था——————- ५४०,०००
३) सीआइडीवीइ हाइड्रो फन्ड——————–२,२८९,३००
४) मैलुङ्गखोला जलबिद्युत कम्पनी—————-७३६,२८६
५) मध्य-भोटेकोशी जलाबिध्युत कम्पनी———— १४,४००,०००
६) सीवीआइएल क्यापिटल ———————-३००,०००
७) शिभश्री हाइड्रो पावर————————–१४७६,४००
८) सिटिजन्स बैंक इन्टरनेसनल नेपाल (एफपीओ)– ४६३,८२६
९) कालिका पावर कम्पनी ——————————१२००,०००
१०) हिमालय उर्जा विकास कम्पनी———————-९९०,०००
११) लाफ़िङ बुद्ध पावर नेपाल—————————९७८,०००
१२) गर्जाङ उपत्यका हाइड्रो पावर————————-२००,०००
१३) युनिक हाइडेल कम्पनी——————————–५५०,०००

सबैभन्दा धेरै संख्या भने जलविद्युत कम्पनीकै रहेको छ । मध्य भोटेकोशीले मात्रै १ करोड ४४ लाख कित्ता आइपीओ निष्कासनका लागि अनुमति मागेको छ । यो आइपीओ कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीले मात्र भर्न सक्नेछन् ।

बोर्डमा आइपीओ पाइपलाइनमा रहनेमा कतिपय कम्पनीले पहिलो चरणमा स्थानीयका लागि बिक्री खुला गर्न लागेका पनि रहेका छन् । स्थानीयलाई बेचेपछि फेरि सर्वसाधारणमा आउनेछ ।

यस्तै, बोर्डका नुसार हकप्रद जारी गर्न अनुमति माग्नेहरु अधिकांश माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन् ।

अपि पावरले पनि २०० प्रतिशत हकप्रद जारी गर्नका लागि गत वर्षको असार ३० गते निवेदन दिएको थियो । तर अपिको हकप्रद पनि अनुमति पाउन बाँकी छ । सम्भवतः पाइपलाइनमा रहेका यी सबै हकप्रद र आइपीओ अब नयाँ आर्थिक वर्षदेखि बजारमा आउनेछन् ।

नयाँ आवमा २१ कम्पनीका ६ अर्व ९० करोडबढीको सेयर पुँजी बजारमा थपिंदै, कुन कुन छन् पाइपलाइनमा ?
अन्जली मोक्तान

हकप्रद जारी गर्ने कम्पनीहरु
कम्पनी                                                     कित्ता
१) उन्नति माइक्रोफ़ाइनान्स ———————–११०,०००
२) श्रीराम सुगर मिल्स —————————-८,९०३,९४९.८१
३) बरुण हाइड्रो पावर कम्पनी——————–२५५,१५००
४) किसान माइक्रोफ़ाइनन्स वित्तीय संस्था ———२४०,२५०
५) एभरेष्ट इन्स्योरेन्स (प्रमोटर सेयर)—————-१,४०३,३२५
६) स्वदेशी लागुबित्ता वित्तीय संस्था——————११५०,०००
७) माहुली सामुदायिक लग्भ्बित्ता वित्तीय संस्था——–३००,०००
८) अपी पावर कम्पनी लिमिटेड———————–२१,०००,०००

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version