काठमाडौँ: नेपाल आयल निगमले  इन्धनको मूल्य घटाएको छ ।

 

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको, निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

 

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाएको  गोइतलेे बताए

 

उनले भने भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ त्यहि अनुरुप मूल्य समायोजन गरिएको हो ।

 

मूल्य समायोजन पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरेको बताए।

 

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको जनाएको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version