काठमाडौं – बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ ।

 

सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुवै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पुर्‍याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ ।

 

अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी कार्ससन–पेग र उहाँका सहकर्मीले बालबालिकालाई कलिलै उमेरमा पढाउनु खतरा हुने उल्लेख गर्नुभएको छ ।

 

बालरोग विशेषज्ञ रमेश मल्लले हामी विद्यालयको भन्दा आफ्ना नानीबाबुमा दोष देख्छौँ, यो गलत हो भन्नुभयो । बालविशेषज्ञ मल्ल भन्नुहुन्छ, ‘‘पढाइ सामग्रीमा राम्रो गर्न नसक्ने बालबालिकालाई पढाइमा सुस्त भएको भनिन्छ, यो भन्नु गलत हो, सबै बच्चामा छिटो सम्झन सक्ने क्षमता हुँदैन तर त्यो बच्चालाई सुस्त भन्न मिल्दैन ।’’

 

मनोचिकित्सक रिचा अमात्य भन्नुहुन्छ, ‘‘कक्षामा सबै बालबालिकाले एउटै रफ्तारमा सिक्नुपर्छ भन्ने मान्यतामा विद्यालय आधारित हुन्छ, यही कारण बालबालिका विभिन्न रोगको सिकार हुनपुग्छन् ।’’

 

अरूसँग बोल्न डराउने, विद्यालय जान हिच्किचाउने, खान मन नगर्ने, विद्यालय जानुप¥यो भने विभिन्न बहाना गर्नेजस्ता समस्या आउन सक्ने डा. अमात्यले प्रष्ट पार्नुभयो । यदि शिक्षकले भनेको कुरामा बालबालिकाले ध्यान दिइरहेका छैनन्, धेरै समय कल्पना गरिरहेका छन् वा आफ्नो सिटमा छटपटिएर बसिरहेका छन् भने उनीहरूलाई एकाग्र हुन नसक्ने विकार ‘एटेन्सन डेफिसिटर हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी)’ हुन सक्ने जानकारी उहाँले दिनुभयो ।

 

याे समाचार यलु जाेशीले गाेरखापत्रमा लेखेकी छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version