काठमाडौँ: युद्धग्रस्त लिबियामा रोजगारीको प्रलोभनमा पुर्याइएका १५ जना अलपत्र नेपालीको इजिप्टको काएरोस्थित नेपाली दूतावासले उद्धार गरेको छ।
उनीहरुको उद्धार भएर हाल लिबियाको त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठनको (आइओएम) क्याम्पमा राखिएको जानकारी, काएरोस्थित नेपाली दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ।
उनीहरुको उद्धारमा त्रिपोलीमा रहेको नेपाली शान्ती सैनिक, आईओएम र त्यहाँको स्थानिय सुरक्षाकर्मीको सहयोगमा उनीहरुको उद्धार गरिएको जनाइएको छ।
हाल उनीहरुको मेडिकल जांच र नेपाल प्रस्थानका लागि कागजी प्रक्रिया शुरू गरिएको र सो सम्पन्न उनासाथ उनीहरुलाई नेपाल फर्काईने पनि बिज्ञप्तिमा भनिएको छ।
उद्धार हुनेहरुमा पूर्ण बहादुर गुरुङ, गणेश थापा मगर, अम्र्ती गुरुङ, भुवन आचार्य, सनम बिश्वकर्मा, बुद्धि बहादुर अधिकारी क्षेत्री, कृष्ण कोइराला, राजु बिश्वकर्म, गुप्त बहादुर बिक, राजु बिष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी, प्रकाश बिश्वकर्मा
र मनोहर कार्की रहेका छन्।
