काठमाडौँ: चामल किन्नमात्र मुलुकले हरेक महीना झन्डै ३ अर्ब रुपैयाँ खर्चने गरेको छ । धानको उत्पादन बढेपनि चामलको बढ्दो माग पुरा हुन नसक्दा देशबाट चामलकै लागि ठूलो रकम बाहिरिने गरेको हो ।

 

चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो नौ महीनामा मात्र रू. २५ अर्ब ४७ करोडको चामल आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यो आयात गत आवको सोहि अवधिको भन्दा १८.१ प्रशितले बढी हो । गत आवको नौ महिनामा रू. २१ अर्ब ५६ करोडको चामल आयात भएको थियो।

 

तथ्याङ्क अनुसार गत वर्ष २०१८/१९मा रू. २८ अर्ब ९० करोडको र २०१७/१८मा २३ अर्ब ६० करोडको चामल आयात भएको देखिन्छ ।

 

देशको मागअनुसार उत्पादन हुन नसक्नुका साथै खानामा विविधीकरण नहुनाले पनि चामल आयातमा उल्लेख्य वृद्धि भएको कृषि विकास मन्त्रालयको भनाइ छ । आफ्नो देशमा उत्पादन हुने वस्तु उपभोग गरेमा चामल आयात कम गर्न सहयोग मिल्ने मन्त्रालयका प्रवक्ता तेज बहादुर सुबेदीले बताए ।

 

उनले भने- जता ततै सडक संजाल विस्तार संगै जनताको क्रय शक्ति बढेको र जसले गर्दा चामलको माग बढेको हो ।

 

कृषिप्रधान मुलुकमा महीनामै ३ अर्ब रुपैयाँको रकमको चामल आयात हुनु दुःखको कुरा भएको धान बिज्ञ भोलामान सिंह बस्नेतको भनाइ छ । ‘अर्थतन्त्र बलियो हुनका लागि त उत्पादन नै बढ्नुपर्छ,’ उनले भने ।

 

पछिल्लो समय नेपालमा उत्पादन पनि बढेको छ तर त्यो पर्याप्त नहुनु विदेशबाट आएको रेमिट्यान्सले किनेर खाने प्रवृत्ति बढ्दै गएको उनले बताए । ‘खाने मुख बढे पनि आधुनिक खेतीप्रणाली र उन्नत बीउबिजनको प्रयोग हुन नसक्दा पनि उत्पादन बढ्न सकेको छैन,’ उनले भने ।

यो वर्ष ५६ लाख १० हजार टन उत्पादन भएको थियो जुन इतिहासकै बढी हो ।

 

उनका अनुसार अब हामीले चैते धनको खेति बढाउदै लानु पर्ने छ किनको चैते धनको उत्पादन असारे धनको भन्दा झन्डै २० देखि २५ प्रतिशत बढी हुन्छ भने नेपालको धन खेति हुने जग्गा मध्ये ७० प्रतिशत तराइमा हुन्छ जहाँ चैते धान को सम्भावना छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version