काठमाडौँ: काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्छन ।

 

सडकमा लगाउने बिरुवाका लागि भने उनी वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्नुहुन्छ । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ ।

 

काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन यहाँ अवस्थित काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाको छुट्टाछुट्टै बृहत् योजना छन् तर हरियाली सहर निर्माण गर्दा उपत्यकाको जैविक विविधता र नेपालको जैविक विधिताको संरक्षण गर्ने तवरले भने भएको छैन ।

 

यसरी बिनाकुनै मापदण्ड फूल, बोटबिरुवा लगाइने गरेको पुष्टि काठमाडौँ महानगरपालिका, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version