काठमाडौं: नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ। चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडौँ जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो ।

 

चलचित्र विकास बोर्ड अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएपछि गरिएको यो पहिलो निर्णय थियो । जसको स्वागत सम्पुर्ण नेपाली चलचित्रकर्मीले गरेका थिए । फिल्म ‘भारत’ इद उल फितरको अवसर पारेर बुधबार रिलिज हुन लागेको हो ।

 

बोर्ड बलिउड फिल्म पनि नेपाली फिल्म जस्तै शुक्रबार मात्र रिलिज गर्न पाइने गरेको थियो । तर नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णय विरुद्ध दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै फुकुवा गरेको हो ।

 

अदालतले आन्तरिम आदेशमा स्वतन्त्र व्यवसाय माथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । बोर्डको निर्णयका कारण फिल्म ‘कलंक’को बुधबार नेपालमा रिलिज रोकिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version