काठमाडौं: शेयर बजारमा करेक्सन हुने क्रमले मंगलबार पनि जारी रहेको छ । नेप्से परिसूचक घटेपनि मौकामा शेयर किन्नेहरु उत्साहित भएका छन् ।
खरिदबिक्री रकम औसतमा निकै राम्रो छ । नेप्से सूचक मंगलबार ३.५६ अंकले घटेर १२८९.२८ विन्दुमा अडिएको छ । बजार ०.२८ प्रतिशतले घटेको हो । १७१ कम्पनीको ७१ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । २२ लाख ५२ हजार ५४६ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
१२ वटा समूहको कारोबार भएकामा ४ वटा समूह माथि लागेका छन् । बाँकीमा ह्रास आएको छ । उत्पादनमूलक सबैभन्दा बढी ४१.०२ अंकले बढेको छ ।
Facebook Comments Box
