वीरगन्ज: आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईका अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार पाँचजना घाइते भएका छन्।

 

 

वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

 

 

वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण बन्द भएको छ।

 

हुरीले रेडियोको टावर बाँगिएको र १० वटा भन्दा बढी सोलार प्यानल पनि क्षति पुगेको रेडियोका कार्यकारी निर्देशक गोविन्द देवकोटाले जानकारी दिए। टावरमा क्षति पुगेपछि रेडियो प्रशारण अवरुद्ध भएको छ।

 

इनरुवामा रुख ढलेर बाटो अवरुद्ध भएको प्रजिअ भट्टराईले जानकारी दिए। सुरक्षाकर्मीले बाटो खुलाउने काम गरिरहेका छन्। हुरीले छपकैयामा रहेको प्रहरी चौकीको पर्खाल पनि भत्काएको भट्टराईले जानकारी दिए। क्षतिको विवरण भने संकलन भइरहेको उनको भनाइ छ। यसअघि शनिबार साँझ आएको हुरीले पर्साका दर्जनौं घरमा क्षति पुगेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version