काठमाडौँ: आईसीसी विश्व कप एक दिवशिय क्रिकेटमा हिजो राति भएको भारत र अस्ट्रेलियाबीच भएको खेलमा भरतल ३६ रनले बिजयी भएको छ।

 

३५३ रनको लक्ष्य पाएको अस्ट्रेलिया पूरै ५० ओभरको खेलमा अल आउट हुँदै मात्रै ३१६ रन बनाउन सफल रह्यो। भारतको पहिलो पारीमा उसका लागि म्यान ओफ दी म्याच बनेका शिखर धावनले सर्बाधिक ११७ रन र कप्तान बिराट कोहोलीले ८७ रनको योगदान दिएका थिए।

 

त्यस्तै सुरुवाती क्रममा आएका रोहित शर्माले ५७ रन बनाएका थिए।

 

त्यस्तैम, भारतले पस्किएको ३५३ रन पछ्याउने क्रममा उसका लागि इस्टेभन स्मिथले ६९ रन, र डेभिड वार्नरले ५६ रनको योगदान दिए। अन्य खेलाडी दोहोरो अंक जोड्न नसक्दा अस्ट्रेलियाको हारको बाटो निश्चित भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version