बार्सिलोना: बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । मेलेसँग मङ्गलबार दिउँसो लन्डनमा प्रधानमन्त्री ओलीको भेटवार्ता गरेका हुन् ।

 

भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

 

भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेका थिए ।

 

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको संविधानमा रहेका ब्यवस्थाले केही कठिनाई आएको बताए ।

 

प्रधानमन्त्री ओलीसँग बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकले भेट गरी निवृत्तिभरण आदि विषयमा भेदभाव भएको भन्दै गुनासो गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version