काठमाडौं : नेपाल र मौरिससबीच श्रम सम्झौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच मंगलबार राति सम्झौता भएको हो।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको हो।

सम्झौता अनुसार नेपाली कामदार बिना शुल्क आकर्षक गन्तव्य मुलुक मौरिसस जान पाउने भएका छन्। नेपाल र मौरिससबीच मंगलबार राति भएको श्रम सम्झौता अनुसार कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने तय भएको छ।

 

श्रममन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार मन्त्री विष्ट र लेबनान र साउदी अरबका श्रम तथा सामाजिक विकास मन्त्री अहमद विन सलमान अलराझीबीच मंगलबार छलफल भएको छ। ती देशसँग पनि श्रम सम्झौताको प्रक्रिया अघि बढेको छ। यसैबीच युएईसँग यहीँ ३१ गते मन्त्रीस्तरीय श्रम सम्झौता हुदैँ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version