काठमाडौँ: शेयर बजार थप ३.५० अंकले घटेको छ। विगत ७ कारोबार दिनमा ६ कारोबार दिन बजार लगातार ओरालो लागिरहेको छ। मंगलबार शेयर बजार झिनो अंकले सुधार देखिएको थियो।

 

बुधबार शेयर बजार बढ्ने अपेक्षा गरिए पनि घटेर १२७२.४८ अंकमा रोकिएको छ।

 

बजार लगातार घट्न थालेसँगै कारोबार रकम पनि घट्दै जान थालेको छ। बुधबार दोस्रो बजारमा १७४ कम्पनीको ५० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ। व्यापार, होटल र अन्य सूचकमा सुधार आए पनि बाँकी सूचक ओरालो लागेका छन्।

 

सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर ७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। विगतका दिनमा जस्तै सबै भन्दा धेरै शिवम सिमेन्ट र प्रभु बैंकको कारोबार भएको छ। सबैभन्दा धेरै बढ्ने क्रममा साल्ट ट्रेडिङको कारोबारमा सर्किट लागेको छ। त्यस्तै सबैभन्दा धेरै घट्नेममा नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशतले गिरावट आएको छ।

 

गत फागुनदेखि शेयर बजार लगातार बढ्दै आएकोमा विगत एक सातादेखि घट्ने क्रममा रहेको छ। बजारको आपूर्ती धान्ने किसिमले लगानीकर्ता आउन नसक्दा बजार बढ्ने मनोविज्ञान कमजोर देखिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version