काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य उतारचढाव देखिएको छ। बजार आज पनि घटेर बन्द भएको छ।

 

नेप्से परिसूचक २.२९ अङ्कले घटेर १२६९.५५ अंकमा ओर्लिएको छ। सातभरिमा सूचक १५.०३ अङ्कले घटेको छ। गत बिहीबार सूचक २८४.५९ अंकमा थियो।

 

सताभरिनै शेयर बजार एक दिनबाहेक घटेको छ।

 

बजेटपछि बजार लगातार दुई दिन मात्रै बढेको छ। बजेटपछिका नौ कारोबार दिनमा शेयर बजारले ४४.३२ अङ्क गुमाइसकेको छ। बजेटपछि शेयर बजारका लगानीकर्ताले बजेट पूँजी बजारमैत्री आएको प्रतिक्रिया दिएका थिए।

आज ४५ करोड ६५ लाख ६ हजार ९४५ रुपैयाँ बराबरका १४ लाख २३ हजार ६८७ कित्ता शेयर किनबेच भएका छन् । होटल समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version