काठमाडौँ: स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भएको छ ।
जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको, सुन व्यावसायी तेज रत्न शाक्यले बताए ।
नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा तोकिन्छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्ष यताकै उच्च भएको छ।
अन्तर्राष्ट्रिय प्रति औन्स १३४७.८५ डलरमा कारोबार भैरहेको छ। तत्कालिन अवस्थामा प्रति औन्स ८ डलरले बढेको छ।
