हेटौंडा : प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ ।

 

त्यसैगरी पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७.९८ प्रतिशत बजेट विनियोज गरिएको प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभालाई जानकारी गराएका छन् ।

 

वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.६३ प्रतिशत रकम प्रदेश ३ सरकारले विनियोजन गरेको छ ।

 

 

बजेटको स्रोतका लागि प्रदेश ३ सरकारले १५ अर्ब ४९ करोड ४९ लाख राजस्व उठाउने अनुमान गरेको छ ।

 

त्यसैगरी अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख प्राप्त हुने अनुमान गरिएको छ भने अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड उठ्ने अनुमान गरिएको छ । राजस्व वचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार प्राप्त हुने प्रदेश ३ सरकारको अनुमान छ छ ।

 

काठमाडौं समेत आफ्नो प्रदेशभित्रै पर्ने प्रदेश ३ सरकारको बजेट सातै प्रदेशको बजेटभन्दा बढी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version