काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो।

 

निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ। यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ।

 

निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तीमा घटाइएको मूल्य आइतबार मध्यरातदेखि लागू हुने उल्लेख छ।

 

निगमले १५ दिनअघि पनि भाउ घटाएको थियो। अघिल्लोपटक मूल्य समायोजन गर्दा पेट्रोलको मात्रै मूल्य घटाएको थियो।

 

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version