काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवस केही गल्ती भए सच्याउने प्रतिवद्धता जनाएका छन् ।
युरोप भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानामन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकमा कुनै कमजोरी भए त्यसलाई संशोधन गर्न सकिने बताएका हुन् ।

 

त्यसक्रममा प्रधानमन्त्री ओलीले विधेयकका विषयमा विरोध र आन्दोलन गर्न खोज्नेले अवसर नपाउने समेत चेतावनी दिए

 

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ ओलीको भनाई छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version