जनकपुर: प्रदेश नम्बर २ को सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट प्रस्तुत गरेको छ ।

 

कूल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेटमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूजिँगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार बजेट प्रस्तुत गरिएको छ ।

 

चालूतर्फ ४९.८१ प्रतिशत र पूजिँगततर्फ ५०.१९ प्रतिशत बजेट छुट्याएको छ ।

 

प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । सरकारले प्रस्तुत गरेको बजेटमा ‘बेटी पढाउ बेटी बचाउ’ अभियानका लागि ३९ करोड ३३ लाख, छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड बजेट छुट्याइएको छ ।

 

कक्षा १ देखि ८ सम्मका दलित छात्राका ५ सय रुपैयाँको दरले छात्रवृत्ति उपलब्ध गराउनका लागि ४८ करोड बजेट छुट्याइएको छ ।

 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक सम्पदा संरक्षण, जलाशय संरक्षणका लागि ३१ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कृषिमा आधुनिकीकरण ल्याउन प्रत्येक पालिकामा एउटा कस्टम हेयरिङ सेन्टर निर्माणका लागि २० करोड रुपैया छुट्याइएको छ ।

प्रदेश नम्बर २ सरकारले प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version