काठमाडौँ: लागू औषध नियन्त्रण गर्ने सिलसिलामा विशेष सूचनाको आधारमा लागू औषध व्यूरो कोटेश्वरको टोलीले काठमाडौँको गोकर्णेश्वर न.पा-१ मा करिव ५,८०० रोपनी जमिनमा लगाइएको अवैध लागु औषध गाँजा खेति फडानी गरिएको छ।

नगरपालिकाको मुलखर्क, ओख्रेनी, चिलाउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोल एरियामा लगाइएको उक्त परीमाणको गाँजा २७ गते बात ३० गतेसम्म फडानी गरी नष्ट गरिएको हो।

 

उक्त अवैध गाँजा फडानी गर्ने कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ८० जना जनशक्ति लागेको थियो। जसमा नेपाल प्रहरीको ३० र सशस्त्रको ५० जनशक्ति परिचालन भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version