काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने योजनाअन्तर्गत थप १४ जिल्लाका लागि नयाँ बोलपत्र आह्वान गरेको छ। यससँगै देशका सबै गाउँपालिका ब्रोडब्यान्ड इन्टरनेटमार्फत जोडिने भएका छन्।

 

प्राधिकरणले हालै सूचनामार्फत ती १४ जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माण र इन्टरनेट सेवा उपलब्ध गराउन टेन्डर अह्वान गरेको छ। प्रदेश–१ को इलाम, झापा, मोरङ र उदयपुर र प्रदेश–५ को गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्लामा ब्रोडब्यान्ड विस्तार गरिनेछ। यसैगरी अन्य जिल्लामा चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला पनि छन्। प्राधिकरणले यी १४ वटै जिल्लामा ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गर्दै ब्रोडब्यान्ड कनेक्सन पुर्‍याउन लागेको हो।

 

प्राधिकरणले ती जिल्लामा सम्झौता भएको मितिले १२ महिनाभित्र सम्पूर्ण नगरपालिका, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, सरकारी तथा सामुदायिक विद्यालयसम्म ब्रोडब्यान्ड विस्तार गर्नुपर्ने प्रावधानसहित बोलपत्र आह्वान गरेको छ।

 

उक्त्त बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषमा गत वर्षसम्म कम्तीमा १० लाख रुपैयाँको योगदान गरेको हुनुपर्ने उल्लेख छ। १००० किलोमिटरको नेटवर्क सञ्चालन गरिरहेको तथा कम्तीमा २५ हजार इन्टरनेट सेवा प्रयादक हुनुपर्ने उल्लेख छ। उत्ताm परियोजना अन्तर्गत प्रदेश–१ का जिल्लाका लागि दुई अर्ब ८० करोड, प्रदेश–५ का जिल्लाका लागि ६० करोड र अन्य जिल्लाको लागि एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version