काठमाडौँ: सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

 

आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो ।

 

निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो ।

 

पाइलट लामाले आफ्नो फेसबुकमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version