काठमाडौं: सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ ।

 

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ ।

 

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।

 

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् ।

 

शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version