काठमाडौँ: चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र जनवादी गणतन्त्र चीनको चिनियाँ जनमुक्ति सेनाका महारथी तथा सेन्ट्रल मिलिटरी कमिसनका सदस्य लि उचेङ्गबीच १५ मिलियन आरयमबी बराबरको सहायता सामग्री प्राप्ति गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।

 

 

महारथी थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन उक्त सहयोग अन्तरर्गत Heavy Mechanical Bridge, Explosive Ordnance Disposal (EOD) सामग्रीहरु, उद्धार सामग्री तथा विभिन्‍न प्रकारका सवारी साधनहरु प्राप्त गर्ने सम्बन्धीको प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको हो ।

 

 

थापा हाल बेइजिङ्गमा रहेका छन् । यस अघि बेइजिङ्गमै चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा उनको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

 

 

भ्रमणकै सिलसिलामा हिजै प्रधानसेनापति थापाले बेइजिङ्गस्थित चीनियाँ जनमुक्ति सेनाको विभिन्‍न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गर्नुका साथै ग्रेट वाललगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण समेत गरेका छन् । ‌

 

औपचारिक भ्रमण समाप्त गरी थापा असार ७ गते काठमाण्डौ फर्किने छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version