काठमाडौं: चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ ।

गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए ।

तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

पश्चिम सेती आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कम्पनी सीटीजीआई) को सहायक कम्पनी सिडडब्लुई इन्भेस्टमृन्ट कर्पोरेसनले चासो दिँदै आएको छ ।

बोर्डको बैठकले यही कम्पनीलाई लगानी गर्न आग्रह गर्ने निर्णय गरेको हो । ‘पश्चिम सेतीमा लगानी गर्न सीडब्लु इन्भेस्टमेन्ट कर्पोरेसनलाई आग्रह गर्ने बोर्डको बैठकले निर्णय गरेको छ’, बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भने, ‘यही निर्णयअनुसार चिनियाँ कम्पनीलाई चाँडै पत्रचार गर्नेछौँ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version