काठमाडौँ: भक्तपुर-सूर्यविनायक नगरपालिका वडा नम्बर १० को पलासेस्थित काठमाडौं फन भ्यालीले स्थानीय खोला प्रदुषण गरेको भन्दै स्थानीयहरुले उजुरी गरेका छन् । विहिबार दिउँसो वडा नम्बर १० को कार्यालयमा पुगेर उनीहरुले वडा अध्यक्ष शिवराम राउतलाई ‘कारवाही गरी पाउ’ भन्दै उजुरीपत्र बुझाएका छन् ।

 

 

१ सय ४५ जना स्थानीयहरुले हस्ताक्षर गरेको पत्रमा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० का स्थानीयहरुले हस्ताक्षर गरेको देखिन्छ ।उनीहरुले ज्ञापनपत्रमा भनेका छन, ‘फ्न भ्यालीले बोरिङ्ग गरेको भएपनि हाल आएर स्थानीय कुसिङ्ग खोलामा ठुलाठुला खाल्डो खनेर पानी तान्ने गरेकाले सो तत्कान रोक्नुपर्दछ ।’

 

 

साथै खोलोको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्ने गरेको र सफाईको क्रममा त्यो पानी पून सोही खोलमामा फ्याक्ने गरेकाले दुषित हुने गरेको उल्लेख गरेका छन् । यसबारेमा वडाअध्यक्ष राउतसँग बुझ्दा उनले विहिबार उजुरी परेकाले आफुले सम्बन्धित दुइ पक्षलाई राखेर यसबारेमा छलफल गर्ने बताए ।

 

 

यस विषयमा काठमाडौं फन् भ्यालीका सञ्चालक डाक्टर भोगेन्द्र शर्मा गुरागाइले भने केही पूर्व सञ्चालकहरुले आफुलाई बदनाम गर्न यस्तो प्रचार गरेको आरोप लगाए । उनले आफु मिडियामा केही नबोल्ने भन्दै व्यवस्थान हेर्दै आएका लक्ष्मण गिरी प्रवक्ता भएकाले उनीसँग कुरा गर्न आग्रह गरे ।

 

 

हामीले यस बारेमा वास्तविकता केही भन्ने बारेमा प्रश्न गर्दा उनले फ्न भ्यालीले तीन वटा बोरीङ्ग गरेर पानी २४ घण्टा चलाउने गरेको बताए । खोला प्रदुषण गरिएको भनेर लगाएको आरोपमा कुनै सत्यता नभएको उनले दाबी गरे ।

 

 

सेयर सदस्यहरुबीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनभ्याली दुई साताअघि मात्र सञ्चालनमा आएको थियो । भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे लगायतका जिल्लाका साना ठुला सबै मानिसमा केही वर्षयता गर्मी छल्ने राम्रो स्थानको रुपमा परिचित छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version