काठमाडौं: सर्लाहीको लालबन्दीमा विप्लव समूहका नेता कुमार पौडेल मारिएको सम्बन्धमा सत्तारुढ दलकै सांसदले गृहमन्त्रीको जवाफ मागेका छन् ।

 

 

विप्लव नेतृत्वको नेकपा सर्लाहीका इञ्चार्ज समेत रहेका पौडेल बिहीवार लालबन्दीमा मारिएका थिए । उनको दोहोरो भीडन्तका क्रममा मृत्यु भएको जिकिर प्रहरीले गरेको छ ।

 

 

यसै सम्बन्धमा प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै नेकपा सांसद शिवकुमार मण्डल केवटले भने– ‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन । त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस् ।’

 

 

विप्लव राजनीतिक समूह भएकाले वार्ता र संवादको माध्यमबाट निकास खोज्नुपर्ने उनको भनाइ छ ।

 

 

‘निशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ,’ सांसद् मण्डलले भने, ‘विप्लव समूह राजनीतिक समूह भएकाले राजनीतिक रूपमा समस्याको समाधान होस् । संवादबाट समस्याको समाधान खोज्ने पहल गरियोस् ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version