बारा: जिल्लाका स्थानीय तहमा अगुवा जनप्रतिनिधिहरूले विकासे बजेटमा मनपरी गरेको आवाज उठ्न थालेको छ। प्रसौनी र फेटा गाउँपालिकाका अध्यक्षहरूले विकासे बजेट आफन्त, आसेपासेलाई मात्र दिने वा योजनाहरू देखावटी रूपमा उपभोक्ता समितिलाई अघि सारेर कमिसनमा अर्कैलाई दिने गरेको पाइएको छ।

 

प्रसौनीले चालु आर्थिक वर्षमा अति विपन्न आवास योजनाअन्तर्गत १४ जनाको घर निर्माण गर्न ५६ लाख बजेट रकम खर्च गर्न प्रक्रिया अगाडि बढाएको छ। सातवटा वडा रहेको सो गाउँपालिकाका प्रमुख भोला गुप्ताले प्रत्येक वडाबाट दुईजना अति गरिबको नाम छनोट गरी घर निर्माणका लागि प्रत्येकलाई ४ लाख रुपैयाँका दरले अनुदान दिने कार्य थालिसकेको बताएका छन्। सो अनुदान रकम दिन पारदर्शी ढंगले वडाभरिकै गरिब व्यक्ति छनोट गरेको गुप्ताको दाबी छ।

 

गाउँपालिकास्तरीय बजेटबाट लागू गरिएको अति विपन्न आवास योजनाका लागि सम्बन्धित वडाका सबैभन्दा गरिब भनिएकाहरू वडा कार्यालयको सिफारिसबिनै अध्यक्ष गुप्ताले आफूखुसी नाम छनोट गरेको सोही गाउँपालिकाका वडाध्यक्षहरूको आरोप छ। प्रसौनी–१ का वडाध्यक्ष लालबाबु मुखियाले अति विपन्न योजनाअन्तर्गत चार लाख रुपैयाँ दिन लागिएका आफ्नो वडाका दुईजना वास्तविक गरिबभन्दा पनि अध्यक्ष गुप्ताका आफन्त रहेको जनाएका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version