ललितपुर:ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट पेश गरेका छन्।

 

महानगरपालिको चौथो नगरसभामा मंगलबार गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गरेका हुन्। महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो। चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ। महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ।Sipradee

 

त्यस्तै, सामाजिक सुरक्षातर्फ रु ४६ करोड बजेट रहेको छ। कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ। सोमध्ये, आर्थिक विकासमा रु सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास रु १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ। कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन रु १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन रु २२ करोड ५ लाख, पूँजी निर्माण रु छ करोड १० लाख र विविध शीर्षकमा रु ६६ करोड विनियोजन गरेको छ।

 

आगामी आवमा सामाजिक साझेदारी कार्यक्रमतर्फ रु एक अर्ब २७ करोड ५२ लाख चार हजार बजेट रहेको छ। यस आवको आयतर्फको आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ६५ करोड ६१ लाख आठ हजार र आन्तरिक आयमा रु एक अर्ब ६५ करोड पाँच लाख विनियोजन गर्नुका साथै यस आवको बचत रकम रु ६० करोड रहेको छ। महानरपालिकाको आगामी वर्षको बजेटमा नै व्ययतर्फ बजेट शीर्षकमा आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ७५ करोड ३० लाख, पूर्वाधार विकासमा रु एक अर्ब ४९ करोड ९५ लाख रहनुुका साथै क्रमागत योजनामा रु ५० करोड ५८ लाख आठ हजार बजेट छ।

 

महानगरले सन् २०३० सम्म गरीबी उन्मूलन गर्ने उद्देश्य बोकेको प्रमुख महर्जनले बताए। महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ। त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवर्द्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version