काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो १० महिनामा चालु खाता घाटा विस्तार भई रु.२२१ अर्ब ४० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१८ अर्ब ९३ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ५१ करोड रहेको थियो ।
