काठमाडौँ: काठमाडौंका विभिन्न स्थानमा साँझ पख र रातको समयमा युवतीमाथि अनौठो तरिकाबाट आक्रमण हुन थाल्यो ।

 

 

बाटोमा हिडिरहेका युवतीमाथि तिखो वस्तुले घोचेर युवा भागिहाल्ने । युवतीले सिरिन्जले घोचेको बताउँदै उपचारका लागि अस्पतालसम्म धाए। उनीहरुले आवश्यक कारबाहीका लागि प्रहरीमा उजुरी पनि दिए।

 

विहीबार राती १ बजे काठमाडौंको महाराजगंजबाट एक युवा पक्राउ परेका छन् । ‘सिरिन्ज आतंक’ मच्चाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

रामेछाप घर भइ महाराजगंजमा बस्दै आएका ३० वर्षका सन्तोष कार्कीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बताए। प्रहरीले निकै अनुसन्धान गरेर र आक्रमण भएका स्थानहरुको सिसिटिभी फुटेजका आधारमा कार्कीलाइ पछ्याएको थियो।

 

काठमाडौंसहित भक्तपुर र काभ्रेमा समेत यस्तै यस्तै प्रकृतिको घटना भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानका लागि मातहतको निकायलाई निर्देशन दिएका थिए।

 

पक्राउ परेका कार्कीले आफुले सिरिन्ज नभइ किलाले युवतीलाई घाेचेर भाग्ने गरेको वयान दिएका छन्।

 

अहिलेसम्म पाँच जना युवतीले आफुमाथि आक्रमण भएको उजुरी प्रहरीमा दर्ता गराएका छन् । सिरिञ्ज या अन्य कुनै धारिलो बस्तुबाट आक्रमण भएको भन्ने खुल्न सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version