काठमाडौं: कोरियन भाषा परीक्षाको नतिजा बिहिबार राती प्रकाशित भएको छ । रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् जेठ २५ र २६ गते लिइएको परीक्षाफल प्रकाशित भएको हो ।

 

परीक्षाफल इपिएसको वेवसाइटमा प्रकाशित छ । दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए ।

 

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version