काठमाडौँ: एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् ।

 

लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।

 

विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् ।

 

काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर यो फाइल मन्त्रालयमा नै अड्किएको छ ।

 

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version