काठमाडौँ: काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

 

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

 

 

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने जानकारी दिए ।

 

 

बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।

 

 

पछिल्लो समय बालबालिकाहरुलाई एसईईको कारण ज्यान गुमाईरहेका छन् । स्कूलमा शिक्षक र अभिभावकहरुले आफ्नो बच्चाहरुलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटनामा वृद्धि भइरहेको इन्सपेक्टर खड्काले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version