काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्।
तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।
अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताएका हुन्। मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओली र दाहालले सामाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए।
भण्डारीले प्रतिपादन गरेको जबजको कार्यदिशाबाट तत्कालीन एमाले संसदीय राजनीतिमा अवतरण गरेको थियो।
ओलीले भण्डारी सिद्धान्तको पिन्जडाभित्र बस्न मान्नुहुँदैनथ्यो भन्दै अहिले पनि उहाँले नै तयार पारेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग भइरहेकाले त्यसकै आधारमा सामाजिक न्याय, समानताको हक, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा रही समाजवादसम्म पुग्ने लक्ष्य राखिएको बताए। ओलीले भण्डारीकै सिद्धान्तका आधारमा नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अघि बढिरहेको दाबी गरे।
हामी बहुदलीय जनवादको विशेषताभन्दा टाढा जान सकिएको छैन, त्यसको नाम मात्र जनताको जनवाद राखिएको हो,’ ओलीले भने। यो समाचार नागरिक दैनिकबाट लिइएको हो काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।
अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताएका हुन्। मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओली र दाहालले सामाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए।
भण्डारीले प्रतिपादन गरेको जबजको कार्यदिशाबाट तत्कालीन एमाले संसदीय राजनीतिमा अवतरण गरेको थियो।
ओलीले भण्डारी सिद्धान्तको पिन्जडाभित्र बस्न मान्नुहुँदैनथ्यो भन्दै अहिले पनि उहाँले नै तयार पारेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग भइरहेकाले त्यसकै आधारमा सामाजिक न्याय, समानताको हक, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा रही समाजवादसम्म पुग्ने लक्ष्य राखिएको बताए। ओलीले भण्डारीकै सिद्धान्तका आधारमा नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अघि बढिरहेको दाबी गरे। ‘हामी बहुदलीय जनवादको विशेषताभन्दा टाढा जान सकिएको छैन, त्यसको नाम मात्र जनताको जनवाद राखिएको हो,’ ओलीले भने। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
