काठमाडौँ: साताको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पाँच दशमलब ३८ अंकले घटेर १ हजार १९३ दशमलब ३९ अंकमा झरेको छ ।

आज नेप्सेमा सामान्य गिरावट आएपनि कारोबाररकममा सामान्य सुधार भएको छ ।

आजको कारोबारमा होटल र उत्पादनमूलक समूह बाहेक सबै समूहका नेप्से परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक सबैभन्दा निर्जिबन बीमा समूहको ८० दशमलब ८२ अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ७७२ कारोबारबाट ५६ करोड १२ लाख रुपैयाँ बराबरका १९ लाख १८ हजर ६४८ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शुन्य दशमलब ९६ अंकले घटेर २५१ दशमलब ४२ अंकमा पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version