काठमाडौँ: सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंकले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई १ लाख १० हजार बराबरको सामग्री प्रदान गरेको छ ।

 

किर्तिपुर नगरपालीका मेयर रमेश कुमार महर्जन र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई संयूक्त रुपमा १ लाख १० हजार बराबरको सामग्री संघका अध्यक्ष लक्ष्मी काफलेलाई हस्तान्तरण गरेका हुन् ।

 

कार्यक्रमका मेयर महर्जनले अपाङ्ग बच्चाहरुको हितका निमित्त लोक कल्याणकारी कार्य गरेकोमा कृषि विकास बैंकलाई धन्वाद दिदै बैंकको उच्च प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

 

त्यस्तै बैंकका प्रमुख कार्यकारी उपाध्यायले लोककल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुनु पर्ने भन्दै आफू र आफनो परिवार पनि आफनो बच्चाको अपाङ्ग÷अशक्तताको कारणले बाल्यकालमै निधन भएको घट्नाले ज्यादै दुःखी भएको विगत सुनाउंदै उपस्थित परिवारलाई सान्तवना दिए ।

 

नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले उलेख्य भूमिका खेलेको भन्दै उपाध्यायले बैंक पूर्ण रुपमा आधनिक बैंकिङ्ग भै बैंकले हाल एटिएम, एस एम एस, मोवाईल बैकिङ्ग, आश्वा सुृविधा, डिम्याट, भिसा कार्ड, आई पि एस, इन्टरनेट सुविधा लगायतका सेवा सुविधाहरु ल्याएको हुंदा उल्लेखित सेवाहरु उपयोग आग्रह गरे ।

 

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेड का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदी, का.मु. विभागीय प्रमुख शंकर अर्याल , क्षेत्रिय कार्यालय काठमाडौका का.मु.निर्देशक करुण चन्द्र घिमिरे, का.मु. निर्देशक अनिल यादव, शाखा प्रमुख राजेन्द्र रानाभाट ,का.स. झगेन्द्र आचार्य र प्रबन्धक मिना लेखक, नारायणलाल श्रेष्ठ बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा लगायतका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version