बर्दिवास: पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ ।

 

बाढीले पुलको बिच भाग नै बगाएको छ भने पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिए ।

 

पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ।

 

प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version