काठमाडौँ: नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पिडितको उद्धार तथा राहातमा जुट्न सबै व्यवसायीहरुलाई अपिल गरेको छ ।

 

आईतबार एक विज्ञप्ति जारी गर्दै कमर्शले देश दुःखमा परेको बेला सबैले सकेको सहयोग गर्न आह्वान गरेको छ ।

 

बिसम परिस्थीतिमा खाद्य वस्तु लगायतका अतिआवश्यक वस्तुहरुको नियमित आपूर्ती व्यवस्था सहज बनाउन चेम्बरले उद्यामी, व्यवसायीलाई आग्रह समेत गरेको छ । साथै राहत तथा उद्दारमा नीजि क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समितिमार्फत समन्वयगरि वितरण गर्न पनि चेम्बरले भनेको छ ।

पहिरो, बाढी तथा डुबानमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version