काठमाडौं : देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये ७३० वटामा वाणिज्य बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार अझै २३ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।
जसमा सबैभन्दा धेरै कर्णाली प्रदेशको १० वटा स्थानीय निकायमा बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय निकाय रहेका छन् ।
प्रदेश ५ का सबै स्थानीय निकायमा वाणिज्य बैंकको पहुँच
यता, प्रदेश ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सफल भएको छ । प्रदेश ५ मा स्थानीय तहको संख्या १०९ रहेको छ । त्यसैगरी, प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, प्रदेश २ को १३६ मध्ये १३४ र प्रदेश ३ को ११९ मध्ये ११७ वटामा वाणिज्य बैंकले शाखा विस्तार गरेका छन् ।
गण्डकी प्रदेशको ८५ वटा स्थानीय निकायमध्ये ८३ र सुदूर पश्चिमको ८८ वटा मध्ये ८२ स्थानीय निकायमा बैंक पुग्न सफल भएका छन् ।
