काठमाडौं ः प्रिमियर इन्स्योरेन्सले घोषणा गरेके ८४ प्रतिशत बोनसका लागि तिर्नुपर्ने कर, लगानीकर्ताका लागि समस्या बनेको छ ।

 

कम्पनीले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका थियो । साधारणसभाको सूचनामा कम्पनीले ८४ प्रतिशत नै बोनस वितरण गर्ने त्यसमा लाग्ने कर लगानीकर्ता स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको छ ।

 

२०७६ असार १९ सम्म कायम शेयरधनीले बोनस शेयरमा लाग्ने कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेडको खाता नम्बर ००६१५००६८२१ मा जम्मा गर्न भनेको छ । साथै बोनस बापतको कर बैंकमा दाखिला गर्दा बैंक भौचरमा अनिवार्य रुपमा आफनो हितगाही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ ।

 

बोनस बापतको रकम तिर्नका लागि बैंकमा लामो लाइन बस्नुपर्ने भन्दै गुनासो गर्ने लगानीकर्ताले आफनै खाताबाट रकम तानिने व्यवस्था बनाउन समेत माग गरेका छन ।

 

हाल कम्पनीको चुक्ता करोड ५८ करोड ४० लाख रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version