काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

 

बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेकाे राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

 

बाणिज्य-बाणिज्य बैंक मर्जरमा गए दुई बर्षसम्म ब्याजको स्प्रेड पाँच प्रतिशतसम्म कायम गर्न सकिने नीति ल्याउन लागिएको छ। स्रोतहरुका अनुसार प्रमुख कार्यकारी, डेपुटी प्रमुख कार्यकारी र सञ्चालकहरुको कुलिङ पिरियडमा छुट दिइने छ।

 

राष्छ्र बैंकले एक बर्षभित्र मर्जरमा जाने बैंकहरुलाई मात्र यो सुविधा उपलब्ध गराउने छन्। नरम भाषामा बिग मर्जरको बिषय उठान गरिए पनि भोलिबाटै प्रतिबद्धता ब्यक्त गरेका बैंकहरुसँग ‘फलोअप’ सुरु हुने छ।

 

राष्ट्र बैंकले साढे ८ प्रतिशतको आर्थिक बृद्धिलाई सहयोग पुर्याउने गरी कर्जा नीति अख्तियार गर्ने छ।

 

कर्जा बिस्तार गर्दा तरलता प्रवाह गर्न एक्सटर्नल कमर्सियल बरोइङको बाटो खुला गरिने भएको छ भने तरलता बण्ड जारी गर्न पाउने नीति पनि आउने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version