काठमाडौँ: मंगलबार रातिदेखि देशैभरि पानी परिरहेको छ। मनसुनको न्यून चापीय रेखा तराईनजिकै रहेकाले देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २४ घन्टामा १४६ मिलिमिटर पानी परेको छ।

 

अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ। बुधबार बिहानदेखि ठूलो पानी पर्ने क्रम रोकिएको छ।

 

यता काठमाडौं उपत्यकासहित देशका मध्यक्षेत्रमा भने बुधबार पनि वर्षा जारी छ।

 

अबको २४ घन्टाभित्र देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ। ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version