काठमाडौँ: ब्रिटेनमा बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा बोरिस जोनसन नियुक्त भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बधाई संदेश दिन ट्विट गरिएको व्यक्तिको प्रोफाइल बिलायती प्रमको नभएर अरु कसैको भएको प्रमाणित भएको छ ।

 

 

यसको अर्थ हाम्रो प्रधानमन्त्री ओलीले गलत ट्विट ह्याण्डलरको शिकार भएका छन् । आजसम्ममा बिहीबारसम्म उनले नयाँ मन्त्रिपमण्डल गठन गर्ने छन् ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँजस्तै यस पटक ट्विटरबाट बधाई ज्ञापन गरेका गर्ने क्रम भने त्रुटी भएको हो।

प्रधानमन्त्री ओलीले @borisjonson लाई बधाई ज्ञापन गरेका छन्। यो ह्यान्डलका जम्मा ९ जना फलोअर छन्। फ्रोफायल फोटो छैन।

 

बायो खाली छ। परिचयमा केही उल्लेख छैन। यो ह्यान्डलका ९ फलोअर मध्ये ओलीले मेन्सन गरेपछि ५ जना पछि थपिएका हुन्। ती ५ वटै नेपाली ह्यान्डलहरु हुन्। हेर्नुहोस् प्रधानमन्त्रीले गरेको ट्विटको स्क्रिन सट:

 

 

प्रधानमन्त्री ओलीले बधाइ दिनुपर्ने ब्रिटेनका नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसनको ह्यान्डल @BorisJohnson हो। यसमा स्पष्ट संयुक्त अधिराज्यको प्रधानमन्त्री भनेरै उल्लेख छ। कन्जरभेटिभ नेता तथा सांसद भनेर खुलाइएको छ। यो ह्यान्डललाई करिब ७ लाख ५० हजारले फलो गरेका छन्। परिचय र तस्विरसहितको ह्यान्डल ट्विटरले भेरिफाइड समेत गरेको छ। हेर्नुहोस् स्क्रिन सट:

ओलीले आफ्नो निजी ह्यान्डलबाट यो बधाई ज्ञापन गरेका हुन्। विगतमा प्रधानमन्त्री कार्यालयको ह्यान्डल सिर्जना गरिए पनि पछिल्लो समय त्यो प्रयोगमा छैन। सरकार प्रमुखको काम कारवाहीका लागि ओलीले आफ्नो निजी ह्यान्डल उपयोग गर्दै आएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version